चन्द नेतृत्वको पार्टीले गर्यो ०८४ को आम चुनावमा भाग लिने निर्णय, अरु मोर्चासँग सहकार्य गर्ने
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १५:४३:३८
१६ पुस, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । हालै सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टी दर्ता गरेर ०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो । आगामी २१ फागुनदेखि जनमार्चा सञ्चालन गर्ने भएको छ । छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले झापादेखि कञ्चनपुरसम्म मार्च सञ्चालन गरिने जानकारी दिएको हो ।
भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायत मुद्दाविरुद्ध यो मार्च चलाइने जानकारी दिइएको छ । पार्टी गठनको १० वर्ष पुगेकाले पार्टीको विचार र प्रस्तावहरूको पक्षमा देशव्यापी अन्तक्रिया गर्ने निर्णय पनि सार्वजनिक गरिएको छ । सँगै आगामी संसदीय चुनाव २०८४ मा भाग लिनेगरी अरु निर्णयहरू पनि भएका छन् ।
‘आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइनेछ’, वक्तव्यमा भनिएको छ । नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राखेर मोर्चामा सहकार्य गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कोसी प्रदेशलाई ’किराँत लिम्बुवान’ प्रदेश नामकरण गर्न राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय गरेको छ । विप्लवको पार्टीले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ । पार्टीलाई मात्र होइन, देशलाई नै आत्मनिरभरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने, निर्णयमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार