अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३५ लाख बिगो कामय
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १६:४७:७
१६ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जनामाथि भ्रष्टाचार गरेको दावी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आव २०६६÷२०६७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनाको पीसीसी फर आरसीसी (१ः२ः४) आइटमको सबै ठाउँको ढलान भत्किई ८ लाख ३४ हजार ३२० रुपैयाँ र ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको थियो । गाउँपालिका वडा नं. १ को आव २०७५÷०७६ र आव २०७६ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उनीहरूमाथि आरोप छ ।
अख्तियारले तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नविन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी गरेको छ ।
सो सम्बन्धमा अख्तियारले गरेको अनुसन्धानका क्रममा आव २०७५÷७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एन्ड प्युरिङ (१ः२ः४) मेसिन मिक्स कंक्रिट’ आइटमको सबै ठाउँको ढलान भत्किई २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बराबरको क्षति भएको अख्तियारको भनाई छ ।
कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन सब इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसीविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो कायम गरिएको छ ।
यसैगरी कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदिप आचार्य र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटामाथि ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार