चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु, ५ जना घाइते
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १९:११:३७
१६ पुस, चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।
मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार