गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार १९:५९:७
१६ पुस, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गर्न थालिएको छ । बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी नहर सदरमुकामसम्म पुर्याउने आयोजनाको लक्ष्य छ ।
गुलरिया नगरपालिका–१ र ३ को सिमाना निमकोठियाबाट चार किलोमिटर लामो नहर निर्माण गर्न लागिएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशीलचन्द देवकोटाले बताए । विसं २०४५ देखि सुरू भएको सो आयोजनाले २०८३ सालसम्म बर्दियाका ६ पालिकाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
गुलरिया नगरपालिकाअन्तर्गत ६ हजार हेक्टर भूमि सिँचाइ गर्न आज नहर शिलान्यास गरिएको छ । गुलरियाका किसान आकासेपानीको भरमा खेती गर्नुपर्ने पीडाबाट अबको तीन वर्षपछि मुक्त हुने प्रमुख देवकोटाले बताए । “किसानले लगाएको बालीबाट अब कम खर्चमा उब्जनी बढ्ने छ”, उनले भने ।
सदरमुकाम गुलरियासम्म पुर्याउने मूलनहर चार किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माण गर्न रु ८३ करोड बजेट छ । नगरक्षेत्रमा नहर निर्माण हुने भएपछि गुलरियाका किसान खुसी भएका छन् । नदीको पानी खेतखेतमा पुगेपछि पर्याप्त उब्जनी हुने र सिँचाइमा हुने लगानी घट्ने गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव बताउँछन् ।
नहर शिलान्यास गर्दै उहाँले पानीको उचित व्यवस्थापन गर्न आयोजनासँग आग्रह गरे । यसअघि सिँचाइ सुविधा नहुँदा गुलरियाका किसान महँगो शुल्क तिरेर सिँचाइ गर्दै आएका थिए । बबई सिँचाइ आयोजनाले ३४ किलोमिटर पूर्वी मूल नहर र ४१ किलोमिटर पश्चिमी नहर निर्माण गर्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार