प्रथम सुदूरपश्चिम मेयर सम्मेलन: शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्ने प्रतिबद्धता
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार २१:४३:३६
१६ पुस, डडेल्धुरा । सोमबारदेखि सुरु भएको प्रथम सुदूरपश्चिम मेयर सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ । परशुराम नगरपालिकाको आयोजनामा भएको सो सम्मेलनले संवैधानिक व्यवस्थालाई आत्मसात गरी सुदूरपश्चिमको दिगो र समतामूलक विकासका लागि साझा विषय तयार गरी कार्यान्वयन तथा शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व तथा समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध रहने उल्लेख छ ।
“लोकतन्त्रका लाभहरूको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरूप समाजवादोन्मुख शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नेछौँ”, घोणापत्रमा उल्लेख छ, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी तथा न्यायिक अभ्यासलाई संस्थागत गर्न नीतिगत र आवश्यक कानुनी व्यवस्था गरी सोको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अगाडि बढ्ने छौँ ।”
यस्तै, मानव मर्यादा, सामाजिक सद्भाव र सांस्कृतिक सम्पदालाई समृद्ध सुदूरपश्चिमको आधारशिलाका रूपमा आत्मसात गर्दै विशेष संरक्षण र सम्बद्र्धन गर्ने, सुदूरपश्चिम, विशेषगरी सीमान्तकृत र कमजोर समूहका लागि समान अवसर सुनिश्चित गर्दै समावेशी शासनलाई बढावा दिने, शिक्षा र मानव विकासको सन्दर्भमा युवालाई सशक्तीकरण तथा ज्ञानमूलक समाज निर्माण गर्न गुणस्तरीय शिक्षा र सीप निर्माणका अवसरमा पहुँच बढाउन सबैले एकताबद्ध भएर लाग्ने यहाँका पालिका प्रमुखको सङ्कल्प छ ।
साथै, दिगो विकासका लागि पूर्वाधार निर्माणमा लगानीको निम्ति आवश्यक वातावरण निर्माण, रोजगारी सिर्जना, उद्यमशीलता र दिगो कृषि तथा पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्न, प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकता दिँदै जलवायु–उत्थानशील नीति र अभ्यासलाई वातावरणीय भण्डारणमा जोड दिने कार्यक्रम सञ्चालन गर्न प्रयत्न गर्ने यहाँका पालिका प्रमुखले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन् ।
“तहगत सरकारकाबीच आपसी सहकार्य र समन्वय गरी नागरिकलाई निर्णय प्रक्रियामा सहभागिताको निम्ति प्रोत्साहन गरी सुशासनको प्रत्याभूति गर्ने र खेलकुदको माध्यमबाट समग्र सुदूरपश्चिमको विकासमा समन्वय तथा सहजीकरण गरी अगाडि बढ्ने, अन्य पर्यटन तथा रोजगारका सम्भावना पहिचानका लागि हातेमालो गर्न हामी सबै प्रतिबद्ध छौँ”, घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गर्दै नगरप्रमुख भरत बडायर जोशीले सम्मेलनका क्रममा उठेका विषय र मुद्दाबारे अब नियमित पैरवी गर्न आवश्यक रहेको बताए । उनले पूर्वनिर्धारित उद्देश्य सफल भए पनि आगामी दिनमा यहाँ उठेका विषय र प्रतिबद्धता कार्यान्वयन भएमा मात्र सम्मेलनको औचित्य पुष्टि हुने धारणा राखे । आफू यसमा क्रियाशील रहने र अन्य पालिकाबाट पनि सोही अपेक्षा रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार