एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
नेपालबहस संवाददाता
पुस १६, २०८१ मंगलबार २२:१६:०
१६ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बैठकले महँगी एवं भ्रष्टाचार अन्त गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने निर्णय गरेको हो । देशभर एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्नेगरी घरेलु, साना तथा ग्रामीण उद्योग स्थापना गर्न बैठकले माग गरेको छ ।
अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनतालाई सुनाउने सभा सम्मेलन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । आत्मनिभर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने सो अभियान सफल बनाउन सम्बन्धित जिल्ला तथा प्रदेशले ठाउँठाउँमा साना ठूला सभाको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार