बुधबार ५ अंकले बढेर २५८१ मा नेप्से उक्लिए पनि ३ अर्ब ५९ मा सीमित भयो कारोबार रकम
नेपालबहस संवाददाता
पुस १७, २०८१ बुधबार १५:२५:२२
१७ पुस, काठमाडौं । बुधबार शेयरबजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो । बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री भए । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो । बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ ।
विकामस बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढे । जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटे । त्रिशुली जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको ९.९, सुपरमादी हाइड्रोपावरको ९.८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत मूल्य बढ्यो । जोशी हाइड्रोपावरको ९.२, नारायणी डेभलपमेन्ट बैंकको ८, मल्टिपर्पस फाइनान्सको ७.२ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको केन्द्रीय समिति बैठक सुरू, सहकारीसम्बन्धी अध्यादेशमाथि छलफल हुने
पुष २०, २०८१ शनिबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
सौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
खोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
रास्वपाको केन्द्रीय समिति बैठक सुरू, सहकारीसम्बन्धी अध्यादेशमाथि छलफल हुने
पुष २०, २०८१ शनिबार
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
पुष २०, २०८१ शनिबार