सशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १२:२:१४
१८ पुस, काठमाडौं । सशस्त्र प्रहरीमा चार डीआईजीको म्याद थप पेचिलो बन्दै गएको छ । केही दिन अघि नै म्याद थपको प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि अहिलेसम्म म्याद थप भएको छैन । मंगलबारको बैठकले म्याद थप भएको थिएन । सशस्त्र प्रहरीका चार डीआईजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको थियो । सशस्त्र प्रहरी मुख्यालयले चार डीआईजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिए पनि सरकारको तजविजी अधिकारी भएकाले यसै भन्नसक्ने अवस्था छैन । सशस्त्रका सिसम १ र २ का डीआईजी र एसएसपीहरुले उनीहरुको म्याद थप गर्न नहुने भन्दै शक्ति केन्द्रमा लबिङ गरेका कारण अहिलेसम्म सरकारले कुनै पनि निर्णय लिन सकेको छैन ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जानेछन् । कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन् । गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत छन् । कार्यकाल थपको निर्णय भएमा सेवा अवधि लम्बिने छ र एक जनाले संगठनको नेतृत्वमा पुग्ने अवसर पाउनेछन् ।
सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरूको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ। सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ। तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। थप गरिएको एक वर्षपछि त्यो भन्दा माथिल्लो तहमा बढुवा नभएमा अवकाश हुने प्रस्ट उल्लेख छ । तर एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन्। आईजीपीको उमेर हद ५८ वर्षे छ। ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।
सशस्त्र प्रहरीका डीआईजीमध्ये सबैभन्दा वरिष्ठ किशोर प्रधान भएपनि उनी यही माघमा घर जाादैछन् । उनको गत माघमा एक वर्षे कार्यकाल थप गरिएको थियो । आगामी माघ महिनासम्ममा सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षकको कोटा खाली हुने अवस्था छैन । त्यही भएर उनी आगामी माघ १० गते अनिवार्य अवकाशमा जानेछन् । तर उनी एआईजीको दरबन्दी थपका लागि पहल पनि गरिरहेका छन् । सरकारले उनकै लागि कोटा नबढाए प्रधानको अवकाश रोकिने छैन । आगामी वैशाखमा अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश (सीपी) गौतम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुँदैछन्। उनी अवकाश भएपछि अब कार्यकाल थप हुने चार डीआईजी मध्येबाटै एकजना एआईजीमा बढुवा हुनेछन् । सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी रहेकोमा अन्य दुई जनाको कार्यकाल भने तत्काल सकिँदैन ।
सीपी गौतमको स्थानमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एकजना एआईजी बन्ने सम्भावना बढी छ । उनीहरुमध्ये जो एआईजीमा बढुवा हुन्छन्, उनै ३८ महिनापछि सशस्त्र प्रहरीको आईजीपी बन्ने करिब निश्चित हुनेछ । बाँकी तीन जना भने २०८२ पुस २३ गते डीआईजीमा थपिएको एक वर्षे कार्यकाल पनि पूरा गरेर अवकाश हुनेछन् । त्यतिबेलासम्म अर्को एआईजीको दरबन्दी खाली हुने अवस्था छैन । हालका आईजीपी राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार