सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
नेपालबहस संवाददाता
पुस १८, २०८१ बिहिबार १९:२४:५२
१८ पुस, दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, “गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स शहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।”
सानाका अनुसार ती निशानामा आफ्ना हातहतियार हस्तान्तरण गर्न इन्कार गरेका र बस्ती केन्द्रहरूमा जान इन्कार गरेका’ र ’गोलाबारुद र हतियारहरू पनि लुकाएका’ युद्ध अपराधमा संलग्न व्यक्ति रहेका छन् । सानाले पछि एक सैन्य अधिकारीलाई उद्धृत गर्दै असदको लडाकूका अवशेष अझै पनि होम्सको विभिन्न भागहरूमा रहेका उल्लेख गरेको छ ।
इस्लामवादी नेतृत्वको विद्रोहीले गत महिना असदलाई सत्ताच्युत गरेपछि संक्रमणकालीन सरकारले पूर्व सैनिकको नाम दर्ता गर्दै उनीहरूलाई हतियार त्याग्न आग्रह गर्दै आएको छ । “अधिकारीहरूले होम्समा ‘आफ्नो मामिला सुल्झाउन र हतियार हस्तान्तरण गर्न इन्कार गर्नेहरूको खोजी गर्न’ सेना र ‘बख्तरबन्द बलहरू’ पठाएका छन्,” सानाले समाचारमा जनाएको छ । उनीहरूले शहरका केही भागमा कर्फ्यु पनि लगाएका छन् ।
“गृह मन्त्रालयले वादी अल–धाहाब र अक्रामाका आसपासका बासिन्दाहरूलाई सडकमा ननिस्कन, घरमा बस्न र सरकारी सेनालाई पूर्ण सहयोग गर्न आह्वान गरेको छ,” सिरियाली समाचार संस्था सानाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सपथ ग्रहण गर्दै
माघ ७, २०८१ सोमबार
भारत र बंगलादेश सीमामा किसानहरूबीच झडप, बाली चोरेको आरोप
माघ ६, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
एभरेष्ट बैंकको २ अर्बले नाफा बढ्यो
माघ ७, २०८१ सोमबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार