किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १०:२:३०
१९ पुस, पोङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक आफ्ना सन्तानसँग देखिएकी छन् । जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली मिडियामा प्रकाशित भएको छ । किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रामक टिप्पणीका लागि परिचित छन् ।
कोरियन सेन्ट्रल टेलिभिजन (केसीटिभी) ले प्रमुख रूपमा एउटा भिडियो क्लिप देखाएको छ, जसमा बहिनी किम एक बालक र बालिकासँग देखिन्छन्। उनी नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा कार्यक्रममा जाँदै थिइन्। किम आफ्ना सन्तानको साथमा देखिएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
किम यो जोङ एक दशकदेखि सार्वजनिक रूपमा विवाहको औंठी लगाएर देखिएकी त थिइन तर सरकारी मिडियाले किम यो जोङलाई आमाको रूपमा देखाएको भने यो पहिलो पटक हो। सरकारी मिडियाले सामान्यतया शीर्ष अधिकारीहरूको पृष्ठभूमि र व्यक्तिगत जीवनको बारेमा जानकारी प्रदान गर्दैन।
तर, किम जोङ पनि पछिल्ला वर्षहरुमा खुलेर बोल्न थालेका छन् । उनले आफ्नो र आफ्नो पार्टीको नीतिगत असफलता स्वीकार गरेका छन् । किम यो जोङले आफ्ना छोराछोरीहरूलाई वंशको आधारमा सरकारमा विशेष पद दिन सक्ने सम्भावना रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार