भ्रष्टाचार र सुशासनका विषयमा यो र त्यो नभनी पत्रकारले निष्पक्ष भएर लेख्नुपर्योः प्रचण्ड
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार ११:३१:४१
१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । उनले सूचनाको मुल सम्वाहक पत्रकार जगतले भ्रष्टाचार र सुशासन जस्ता विषयमा निष्पक्ष ढंगले समाचार सम्प्रेषण नगर्ने हो भने समाजले सही सूचना पाउन नसक्ने बताए ।
शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताए उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको दावी गरे ।
सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गर्दा दोषारोपण गर्ने काम भएको बताए । जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ । पत्रकार जगतले पनि यो विषयलाई प्रष्टरुपमा उठाउन सक्नुपर्छ, उनले भने ।
‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ’ प्रचण्डले भनेका छन्, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’ यसमा गम्भीर प्रश्न रहेको अध्यक्ष प्रचण्डले बताए । उनले, ठूला मिडिया हाउसहरु कस्लाई कसरी सिध्याउने भन्ने ढंगले लागेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
माओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार