केसीको सुझाव, नेताको ओठे भक्तिले भ्रष्टाचार नियन्त्रण हुँदैन, शक्तिशाली समिति बनाएर छानबिन गरौं
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार ११:५५:५८
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेताहरुको ओठे भक्तिले देशको भ्रष्टाचार उन्मुलन नहुने भन्दै यसका लागि एउटा शक्तिशली समिति बनाएर काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शन नगर्न आग्रह पनि गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको र आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थितिमा रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष प्रचण्डलाई सचेत गराए ।
नेता केसीले सत्तामा पुगेकाहरूलाई जानीजानी भ्रम फैल्याएर बदनाम गर्न खोजिएको बताए । केसीले भने, ‘संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’
केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने बताए । दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको भनाइ छ ।
देश अत्यन्त जटिलतम र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचार मुक्त समाज हो’, उनले भने ।
प्रचण्डलाई लक्षित गर्दै उनले भने, ’भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानविन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढंगले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ । सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
माओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार