एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १२:२६:१३
१९ पुस, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निजी सचिव अनिल कुमार पोखरेलविरुद्ध ३८ लाख ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । मोरङबाट उनीविरुद्ध पक्राउ पुजी जारी भएको हो ।
यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेका अनिल २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।
एमाले नेतासमेत रहेका सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराइसकेका छन् । उनीमाथि लागेका आरोपकको अनुसन्धानमा सहयोग पुर्याउन स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ । उनले अनिलमाथि निष्पक्ष छानबिन गर्न माग पनि गरेका छन् ।
सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप चौधरीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
माओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार