नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १२:५१:११
१९ पुस, काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदान थप्ने भएको छ । उसले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) ले बढाउने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको आयोजनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ ।
यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि अनुदान बढाउने निर्णय गरेको हो ।
अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो । विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्छ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने, एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ
पुष २१, २०८१ आइतबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार