काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १५:१२:१३
१९ पुस, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका विभागहरू निष्क्रिय रहेको भन्दै भावी कार्ययोजना प्रस्तुत गर्न विभाग प्रमुखहरूलाई निर्देशन दिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभागहरूसँग कार्ययोजना माग्ने र त्यसको अध्ययन गर्ने कामको नेतृत्व महामन्त्री विश्वप्रशकाश शर्मालाई दिएको छ । उनले नै विभागसँग कार्ययोजना लिने र अनुगमन गर्नेछन् ।
महामन्त्री शर्माले विभागहरूसँग यसबारे एक चरण छलफल पनि गरिसकेका छन् । अहिले कांग्रेसका ५६ विभाग बनेका छन् । सभापति शेरबहादुर देउवाले अधिकांशको विभाग प्रमुख तोकिसकेका छन भने ति विभागले आफू अनुकूल सदस्यहरू पनि थप्दै गएका छन् । प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ । तर,विभागका सदस्य मनोनीत गर्दा हाललाई १० जनाभन्दा बढी नराख्न निर्देशन दिइएको छ ।
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न पार्टीले विभाग प्रमुखहरूलाई निर्देशन दिएको छ । सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको छ । विभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतका विषयमा कार्ययोजना बनाएर विभाग प्रमुखले पार्टी नेतृत्वलाई बुझाउनुपर्ने छ । गत बुधबार महामन्त्री शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।
यस्तै कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न जातजाति, जनसंख्या, लिंग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ । कांग्रेसमा महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार