प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १६:११:४४
१९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले दल फुटाउने अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री ओलीले संसद् बैठक बोलाउन नचाहेको बताएको छ । उसले संसद अधिवेशन डाक्न दवाव सिर्जना गर्ने बताएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा प्रधानमन्त्रीको बदनियत हुनसक्ने ठहर गरेको हो ।
सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको माओवादीको निष्कर्ष छ । सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ । त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि । यो सरकारको गतिविधि हेर्दा लोकतन्त्रमाथि निकै ठूलो समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद हो, बैठकपछि उपाध्यक्ष अग्नि सापकोटाले भने ।
यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको र लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा खतरा बढेको माओवादीको भनाइ छ । अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउने माओवादीको निष्कर्ष छ । ‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं । प्रभावकारी दबाब सिर्जना गर्छौं,’ सापकोटाले भने, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार