सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार १८:५२:५६
१९ पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया सुरु भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारको सिङ्गो टोलीलाई एउटै मञ्चमा राखेर आजदेखि सुरु भएको अन्तरक्रियाले स्थानीय तहमा देखिने कतिपय समस्यालाई दोहोरो संवादका माध्यमबाट समाधान खोज्न, आगामी दिनमा सुधार गर्न सकिने मार्ग पहिल्याउन, प्रदेश सररकार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न, एकापसमा असल अभ्यासहरूको सिकाइ आदानप्रदान गर्न, स्थानीय तहहरूको सम्भावना र अवसरहरूको खोजीलगायत काममा टेवा पुग्ने विश्वास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित दुुईदिने अन्तरक्रियामा प्रदेश मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, प्रदेश नीति आयोगका पदाधिकारी, विभिन्न विषयका विज्ञहरू, स्थानीय पालिकाका प्रमुख÷अध्यक्षहरू, प्रदेशसभाका सदस्यहरूको सहभागिता छ ।
कार्यक्रममा सङ्घीयता सवलीकरणमा स्थानीय तहको भूमिका, अन्तर सरकार समन्वयका आयामहरू, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहका नेतृत्वको भूमिका र कर्तव्य, नेतृत्व विकासका आयामहरू, सार्वजनिक खर्च व्यवस्थापनमा स्थानीय तहका नेतृत्वको भूमिका, सदाचार र नैतिकता सन्दर्भमा नेतृत्वलगायत विषयमा प्रस्तुति गरेर छलफल गरिने छ ।
आज पहिलो दिन प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशको समग्र अवस्थासम्बन्धी प्रस्तुति राखेका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तरक्रियाको उद्घाटन गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार