‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २०:१४:१०
१९ पुस, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन् । घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले कानुन निर्माण गरेर प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको जनाउँदै उनले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताए ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई आयआर्जनसँग जोडेर थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलदगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका थिए ।
कार्यक्रम सञ्चालन हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । थारूको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरिन्छ । महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार