‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २१:३६:५७
१९ पुस, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने बताएका छन् । आज यहाँ आयोजित मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरूको सम्मान बधाई तथा शुभकामना कार्यक्रममा उनले सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन यथाशीघ्र हुनुपर्ने उल्लेख गरे ।
नेता निधिले सङ्घीय, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेशबाट महासङ्घको निर्वाचनमा निर्वाचित सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभाका सांसद रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारलगायत नेताहरू सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार