स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २१:४०:७
१९ पुस, सिरहा । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने सङ्कल्पसहित वर्तमान सरकार गठन भएको बताए ।
“सत्तामा पुग्नमात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, सोचेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उपप्रधानमन्त्री सिंहले भने, “त्यसैले यो सरकारले पूरा अवधिसम्म अगाडिको सरकारले गर्न नसकेको र अधुरा काम गर्नेछ ।”
उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राखे । साथै उनले बिग्रिँदै गएको अर्थतन्त्रलाई वर्तमान सरकारले लयमा ल्याउने प्रयास गरिरहेको पनि बताए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले तराई मधेसको जीवनरेखाका रूपमा रहेको १३ वर्षदेखि निर्माणाधीन अधुुरो कमला पुल निर्धारित समयमै सम्पन्नताका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी मधेस प्रदेशसभा सदस्य ललितादास विद्रोहीले विकास निर्माणका काममा सबै पार्टी र जनप्रतिनिधि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १४ औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार