राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २१:४२:१५
१९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । काठमाडौँमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएकाहरूसँग सकेसम्म एकता गर्ने, एकता सम्भव नभए समान विचारधारा भएका दलसँग सहकार्य गर्ने वा मोर्चा बनाउने उद्देश्य राखेको छ ।
सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेकोभन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार पार्टीको वैचारिक एजेण्ड हुने उल्लेख गरिएको प्रतिवेदनमा पार्टीले विगतमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थाको मान्यता लिएकामा नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक परिवेश एवं विद्यमान धरातलीय यथार्थलाई दृष्टिगत गर्दै उक्त एजेण्डमा पुनर्विचार गर्नुपर्ने भनेको छ ।
निर्वाचनमा बढ्दो व्यापारीकरण, अपराधीकरण बढेकाले निर्वाचन प्रणालीमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र प्रजातन्त्रको सुदृढीकरणसहित सुधारको माग गरिएको छ । संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । बैठकमा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार