विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २२:२:५०
१९ पुस, काठमाडौं । विश्व खाद्य वस्तुको मूल्य अघिल्लो वर्षको तुलनामा २०२४ मा २.१ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन 'एफएओ' ले शुक्रबार बताएको छ ।
यद्यपि यो कोभिड–१९ महामारीअघिको तुलनामा उल्लेख्य रूपमा माथि छ ।एफएओको समग्र खाद्य मूल्य सूचकाङ्क औसत १२२.० अङ्क रह्यो । यो सन् २०२३ को औसत मूल्यभन्दा २.६ अङ्क अर्थात २.१ प्रतिशत कम हो ।
यद्यपि खाद्य मूल्यहरू यस वर्षको अवधिमा बढेको छ । सूचकाङ्क जनवरीमा ११७.६ अङ्कबाट डिसेम्बरमा १२७.० मा पुगेको छ ।
मुख्य रूपमा मासु, डेरी र खाद्य तेलको वृद्धिका कारण सूचकाङ्क डिसेम्बर २०२३ देखि २०२४ सम्म ६.७ प्रतिशतले बढ्यो ।
संयुक्त राष्ट्रसंघको खाद्य एजेन्सीले विश्वव्यापी रूपमा कारोबार हुने वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यमा हुने मासिक र विश्वव्यापी परिवर्तनको अनुगमन गर्छ ।
खाद्यान्नको मूल्य पनि पाँच वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च अर्थात करिब २६ प्रतिशत रहेको छ ।
कोभिड–१९ महामारीको समयमा विश्वव्यापी व्यापारमा आएको अवरोधले सुरुमा खाद्यान्नको मूल्यमा गिरावट ल्याए पनि पछि विश्वव्यापी अर्थतन्त्रमा पुनरुत्थान भएपछि मुद्रास्फीति बढेकाले ती उच्च भए ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि मूल्य रेकर्ड स्तरमा पुग्यो किनकि दुवै देश प्रमुख गहुँ निर्यातक हुन् । यद्यपि ढुवानी अवरुद्ध नभएको सुनिश्चित गर्ने प्रयासहरूले सन् २०२४ को सुरुआतसम्म मूल्य घट्दै गयो ।
सन् २०२३ र २०२४ का बीचमा सूचकाङ्कको औसत मूल्यमा आएको गिरावट मुख्यतया खाद्यान्न र चिनीको मूल्यमा आएको गिरावटका कारण थियो ।
सन् २०२३ को तुलनामा अन्न १३.३ प्रतिशतले घटेको छ भने एफएओको चिनीको मूल्य सूचकाङ्क १३.२ प्रतिशतले घटेको छ । वनस्पति तेलको मूल्य सूचकाङ्कमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार