सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २२:१५:१२
१९ पुस, काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले मधेश प्रदेश (छिन्नमस्ता बाहिनी)का डीआईजी कालीदास धौबजीलाई काठमाडौं बोलाएको छ । ८ महिनाअघि गएको वैशाख १८ मा मधेश प्रदेशमा सरुवा भएका धौबजीलाई सर्लाही र सिराहाको घटनालाई लिएर काठमाडौं बोलाएको हो ।
सर्लाहीमा बा प्र ०१–००६ ख २००४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक विजयकुमार तुलाधरको ज्यान गएको र गएको मंसिर १६ गते तस्करीको मदिरा बोकेको गाडीले सिराहाको बडहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई) लक्ष्मणप्रसाद यादवलाई किचेर मारेको विषयमा बुझ्न भन्दै धौबजीलाई काठमाडौं झिकाएको हो ।
मदिरा तस्करी रोक्न खोज्दा सईलाई भारतीय नम्बरको गाडीले किचेर मारेको थियो । मदिरा तस्करहरूको कनेक्सन बाहिनीपतिसम्म रहेकाले उनलाई छानबिनका लागि तानिएको स्रोत बताउँछ । नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मंसिर १६ गते बिहान मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई किच्ने बसमा भेप भेटिएको थियो । ‘ तुलाधरलाई किच्ने बसभित्र केही कार्टुन भेप समेत भेटिएको थियो’, स्रोतले भन्यो । यो विषयमा सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको छ
त्यसैगरी गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । सिरहाबाट मदिराको तस्करी ब्यापक हुँदै आएको र बाहिनीमै सेटिङ गरी तस्करी गर्दै आएका थिए । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजीले मदिरा तस्करी नरोक्न दबाब दिएको कारण दुर्घटना भएको भन्दै सशस्त्र प्रहरीमा गुनासो आएपछि धौबजीलाई झिकाइएको हो । मधेश प्रदेश अन्तर्गतका जिल्लाबाट तस्करी बढेको र राजस्व असुलीमा असर परेको सूचनाका आधारमा धनुषा, बाराका गण र गुल्मदेखि बीओपीको इन्चार्जहरु पनि छानबिनका लागि तानिएका थिए ।
सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोष बहादुर सिंह र ८ नम्बर गण धनुषाका दर्शन गिरी तानिएका छन् । तस्करी बढेको व्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् । महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा पनि तानिएका थिए । उनीहरूमाथि अहिले पनि छानबिन चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
पुष १८, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार