आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
नेपालबहस संवाददाता
पुस १९, २०८१ शुक्रबार २२:३६:२४
१९ पुस, चितवन । जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुलस्तरीय खेलकुद अनिवार्य रहेको सरोेकार भएकाहरूले बताएका छन् । आजदेखि सुरु भएको भरतपुर ‘मेयर कप’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी वक्ताहरूले स्थानीय तहमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरसम्म पुग्न सहयोग हुने बताएका हुन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको बताउँदै यो प्रतियोगिता राष्ट्रियस्तरका दक्ष खेलाडी उत्पादनमा सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, रङ्गशाला निर्माण तीव्र रूपमा अघि बढिरहेको छ । आगामी नेपाल प्रिमियर लिग यही गर्नेगरी काम अघि बढाएका छौँ ।”
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले नेपालको खेलकुदलाई स्थानीयस्तरबाट सक्रिय बनाउन सके यस क्षेत्रमा उपलब्धि हासिल गर्न सकिने धारणा राखे । उनले भने, “खेलकुद जुनसुकै भए पनि राज्य र निजी क्षेत्रको सहयोग आवश्यक छ ।”
स्थानीयस्तरबाट हुने प्रतियोगिताबाट नेपालका राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि महत्वपूर्ण योगदान रहने गरेको सचिव खड्काले बताए । नेपालको क्रिकेट प्रतियोगितालाई उचाइमा पु¥याउन यस्ता प्रतियोगिता सहयोगी हुँदै गएका उनको भनाइ थियो ।
कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, क्रिकेट सङ्घ चितवनका अध्यक्ष सुदिप पिया, भरतपुर सङ्घका अध्यक्ष मनिस सापकोटालगायत वक्ताले खेलकुदसहित समग्र विकासका लागि चितवन उत्कृष्ट रहेको बताएका थिए ।
सो अवसरमा भरतपुर महानगरपालिकाले यु–१९ विश्वकप क्रिकेटमा सहभागी महिला टोलीलाई जनही रु ५० हजारका दरले सहयोग समेत गरेको छ । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४७ वटा विद्यालयको सहभागिता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार