माथिल्लो पद मागेपछि एकीकृत समाजवादीमा पेचिलो बन्यो वामदेव बाहेकका नेताको व्यवस्थापनमा
नेपालबहस संवाददाता
पुस २०, २०८१ शनिबार १०:५४:१०
२० पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकता अभियानबीच हुने भनिएको पार्टी एकता वामदेव बाहेकका नेताको व्यवस्थापनमा पुगेर अड्किएको छ । राष्ट्रिय सभा सदस्य रहेका वामदेव गौतमलाई नेकपा एसमा उनीसँगै आउने नेतालाई कुन पद दिएर मिलाउने भन्ने समस्या अहिलेको हो । गौतम मात्र आउने भए सह अध्यक्ष वा वरिष्ठ नेता जुन पदमा पनि सहमति जुट्ने थियो ।
गौतमले आफूलाई कार्यकारी भूमिका हुने पद मागेपनि त्यसमा ठूलो समस्या नरहेको समाजवादीको नेताहरु बताउँछन् । समस्या छ अरु नेतामा । वामदेवसँग जो नेता छन् उनीहरुको राजनीतिमा खासै हैसियत छैन । तर, उनीहरुले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पद मागिरहेका छन् । वामदेव बाहेकका अरु नेतालाई केन्द्रीय सदस्य दिने स्थिति पनि छैन् । सबैलाई माथिको पदमा ल्याउँदा पार्टीभित्र विद्रोह हुने अवस्था छ ।
एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । नेता व्यवस्थापनका कारण कहिलेसम्म एकता हुन्छ भन्ने टुंगो छैन् । नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयता दिने सहमति जुटेको छ । गौतमको नाममा सहमति जुटे पनि गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरूलाई दिने जिम्मेवारीमा भने सहमति जुटेको छैन ।
गौतमसँगका नेताहरूले पार्टी प्रवेश नभई पार्टी एकीकरण गर्न चाहेकाले केन्द्रीय कमिटी लगायतमा सम्मानित स्थान खोजिरहेका छन् । सोही विषयमा छलफल चलिरहेको छ, समाजवादीका एक नेताले बताए । अध्यक्ष माधव नेपाल पनि वामदेवसँग आउने नेतालाई दिने जिम्मेवारीका विषयमा दिनहुँ अरु नेतासँग छलफल गरिरहेका छन तर, निकास निस्किएको छैन् । दुई पक्षका नेताहरूबीच पनि निरन्तर जस्तै छलफल भइरहेको छ ।
यही पुस ५, १५ र १७ गते गौतम निवास भैँसेपाटी र एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा एकता प्रक्रियाका लागि भएका छलफल नेताको व्यवस्थापनमै गएर अड्किएका छन् । गौतमले पनि अध्यक्ष नेपाल र आफू एकजुट भएको प्रतिक्रिया दिन थालेका छन् । ‘माधवजी र म एकजुट हुने भइसक्यो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । तर, समाजवादीका एक नेता भन्छन्, अझ एक महिना भित्रमा पनि एकीकरण टुंगिएला जस्तो छैन् ।
समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार गौतमसँगको छलफल सकारात्मक छ । राजनीतिक, सैद्धान्तिक पक्षमा छलफल निष्कर्ष उन्मुख छन् । संगठनात्मक भन्दा पनि नीतिगत, राजनीतिक र सैद्धान्तिक छलफलमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्ने कुरा भएको छ । गौतमले आफूलाई कार्यकारीसहित वरिष्ठ नेताको जिम्मेवारी दिन प्रस्ताव गरेपनि अहिलेसम्म सैद्धान्तिक वैचारिक साथै नेता व्यवस्थापनमा सहमति जुटेको छैन् ।
गौतमले पुरानो पार्टी एमालेमै फर्कन चाहन्थे । तर, अध्यक्ष केपी शर्मा ओलीले त्यति महत्व दिएनन् । पछिल्लो पटक भएको फोन सम्वादले त झन उनको एमाले फर्कर्ने सोचमै परिवर्तन गरिदियो । एकताका गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका थिए । एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको बताए पनि ओलीले नचाहेपछि अन्त्यमा माधव नेपालतिर गौतम ढल्किएका हुन् । अहिले उनीसँग भएका नेता व्यवस्थापनको विषयले एकिकृत समाजवादीमा पनि यसै भन्न सकिने अवस्था देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार