ठगीका विषयले लेखाका सभापति पोखरेलमाथि उठ्यो नैतिक प्रश्नः एकातिर पत्नी, अर्कोतिर स्वकीय सचिव
नेपालबहस संवाददाता
पुस २०, २०८१ शनिबार १०:४०:२०
२० पुष, काठमाडौं । श्रीमती र स्वकीय सचिव विरुद्ध लागेका ठगी आरोपले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल माथि नैतिक प्रश्न उठेको छ । उनको राजनीतिक र पदीय हैसियतमै विभिन्न कोणबाट थप प्रश्नहरू उठाइन थालेको छ । यो अवस्थामा उनले सार्वजनिक पदमा बसिरहन नमिल्ने आवाज उठिरहेका छन् । नेकपा माओवादीसहितका प्रतिपक्षी दलले मात्र नभएर सत्ता पक्षबाटै पनि पोखरेल माथि प्रश्न उठाइन थालेको छ ।
पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । यही सहकारी प्रकरणमै पोखरेलको राजीनामा माग्न थालिएको थियो । त्यसमाथि स्वकीय सचिवको अर्को काण्डले पोखरेललाई थप विवादमा ल्याएको छ । मोरङको धनपालथान गाउँपालिका–३ को उमा–गौरी सहकारीको रकम अपचलन प्रकरणमा लेखा समिति सभापति पोखरेल पत्नी अञ्जला कोइरालालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । उनीसहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएपनि कोइरालालाई परार सूचीमा राखिएको छ ।
श्रीमती सहकारी ठगीमा आरोपित भएपछि पोखरेलले यसको अनुसन्धानमा प्रभाव पार्ने प्रतिपक्ष माओवादी लेखा समितिको सभापतिबाट राजीनामा दिनुपर्ने माग राखेको थियो । अहिले आफ्ना स्वकीय सचिवविरुद्ध यस्तै उजुरी परेको छ । यसमाथि सभापति पोखरेलकै कारण पहिला परेको उजुरीमाथि छानबिन हुन नसकेको कुरा बाहिरिएको छ । स्वकीय सचिव अनिल पोखरेलविरुद्ध एमाले मोरङमा पहिल्यै परेको उजुरी परेको तर, त्यसलाई उनले नै बचाउने काम गरेका थिए ।
यो विषय ऋषिकेश पोखरेल एमाले मोरङ अध्यक्ष भएको समयको हो । उनले पार्टीमा अनिल विरुद्ध परेको मिल्काएर उनलाई बचाएका थिए । अध्यक्ष पोखरेलले उजुरी नसुनी नजरअन्दाज गरेपछि पीडितले अदालतको बाटो रोजेको र अहिले अदालतले दोषी देखाएर पक्राउ गरी छानबिन गर्न आदेश दिइसकेको देखिन्छ । सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग स्वकीय सचिव पोखरेलले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको पीडितको भनाइ छ ।
चौधरीले आफू एमाले नेताबाटै ठगिएको जानकारी गराउँदै २०७८ पुस २७ गते एमाले मोरङमा उजुरी गरेका थिए । स्वकीय सचिव पोखरेल मोरङको रंगेली नगरपालिका–२ का वासिन्दा हुन् । पोखरेलविरुद्ध ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप लागेको छ । घटना सार्वजनिक भएलगत्तै सभापति पोखरेलले स्वकीयलाई पदबाट हटाएका छन् । पोखरेलले स्वकीय सचिवबाट हटाएको पत्र संघीय संसद् सचिवालयलाई शुक्रबार पठाइसकेका छन् । तर, यो ठगीको विषय यहाँसम्म आइपुग्नुमा उनी दोषी देखिएका छन् ।
उता, धनपालथान गाउँपालिकाको कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थामा करोडौं रकम अपचलन गरेको आरोपमा सभापति पत्नी अञ्जला कोइरालाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी फरार छिन् । उक्त प्रकरणको छानबिन तथा बयान शुरु नहुँदै पोखरेलका स्वकीय ठगी सम्बन्धी अर्को मुद्दामा तानिएका हुन् । पछिल्लो ठगीको विषयमा समेत अनुसन्धान शुरु गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । दोस्रो प्रकरण बाहिर आएपछि सभापति पोखरेलले पदबाट राजीनामा दिनुपर्ने कुरा जनस्तरबाटै उठेको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले पोखरेलकी श्रीमती कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । यसको अनुसन्धानमा पनि पोखरेलले प्रभाव पारेको आरोप छ । अहिले सत्ता नेतृत्वमा नेकपा एमाले नै भएको र पोखरेल सो पार्टीमा नेता समेत भएकाले उनले राजीनामा दिनुपर्ने माग उठेको हो । हाल फरार भनिएकी श्रीमती कोइरालालाई बचाउन सभापति पोखरेलले उनले पठाउँदै आएको विद्यालयलाई पनि धम्की दिएको बताइएको छ । श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापकलाई स्वीकृत गर्न उनले दवाव दिएका थिए । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।
प्रतिवादी बनाएर सहकारी ऐन अन्तर्गत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा सकिएपछि पोखरेल मार्फत बिदा थपका लागि अञ्जला कोइरालाको पत्र आएको विद्यालयले नै स्वीकार गरिसकेको छ । बिरामी बिदा भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने नखुलाई दिएका थिए । यी प्रकरणले गर्दा सभापति पोखरेलमाथि नैतिक प्रश्न उठेको छ । उनका कारण सरकारसमेत विवादमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार