६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
नेपालबहस संवाददाता
पुस २०, २०८१ शनिबार ९:२३:२०
२० पुस, सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५ औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४ औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन्।
नगरप्रमुख चौधरीका अनुसार १४ औँ नगरसभाबाट पारित जम्मा रू एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा रू २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ रू २४ करोड २३ लाख तीन हजार अर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ ।
त्यसैगरी पुँजीगत अर्थात् विकास खर्चतर्फ रू चार करोड ३३ लाख ४७ हजार अर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४ औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द–शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए ।
शुक्रबार उद्घाटन गरिएको १५ औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार