काठमाडौंमा रविविरुद्ध दर्ता हुने मुद्दाको निर्क्योल गर्न महान्यायाधिवक्ता कार्यालयमा छलफल
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार ११:१८:१
२१ पुष, काठमाडौं । सरकारी वकिल कार्यालयले काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतमा दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेको छ । सो अभियोगपत्र दर्ता गर्न लागिएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा रकम गएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम खर्च गर्ने भूमिकामा रवि लामिछानेसमेत रहेको प्रहरीको निष्कर्ष छ । उनलाई प्रतिवादी बनाएर सहकारी ठगीको मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत अनुसन्धान गरिएको छ । तर, कुन–कुन मुद्दा चलाउने भन्ने विषमा महान्यायाधिवक्ता कार्यालयमा छलफल भइरहेको छ ।
प्रहरीले सो सहकारीमा एक अर्ब १९ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसमा ६० दिन पुगेको छ । २० गते शनिबार भएपछि आइतबार मुद्दा दायर हुन लागेको हो ।
बचतकर्ताहरूले एक अर्ब १९ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर हुन लागेको हो । करिब एक महिनाअघि पोखराबाट ल्याएर उनीहरूको प्रहरीले काठमाडौंमा बयान लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार