सर्लाहीमा मदिरा पिएर प्रहरी कार्यलय घेर्न पुगे वडाध्यक्ष, स्थिति नियन्त्रणमा लिन हवाई फायर
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार ११:४५:२३
२१ पुस, सर्लाही । सर्लाहीमा एक वडाध्यक्ष मदिरा पिएर जुलुससहित प्रहरी कार्यालय घेराउ गर्न पुगेका छन् । उनको नेतृत्वमा गएको भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । मदिराका विषयलाई लिएर सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप भएको हो ।
त्यस क्रममा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।
स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो । चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए । सोही क्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए ।
सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ । त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार