नेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार १४:१७:२१
२१ पुस, वालिङ । नेपाल विद्यार्थी संघ वालिङ नगरको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नेविसंघ वालिङ नगर सभापतिमा बादल लामिछाने सहित ५१ सदस्यीय समिति गठन गरिएको छ । नेविसंघ वालिङ नगर उपसभापतिमा यादव पौडेल, खगेन्द्र रेग्मी(सुरज), सचिवमा सगुन बुढाथोकी, साजन भुषाल, सह—सचिवमा जीवन पाठक, कोषाध्यक्षमा समुन्द्र काफ्ले र सह—कोषाध्यक्षमा सुमन अर्याल चयन भएका छन् ।
शनिवार भएको अधिवेसनमा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नेविसंघ काँग्रेस पार्टीको मेरुदण्ड भएको बताए । काँग्रेसलाई बलियो बनाउन नेविसंघको महत्वपुर्ण भुमिका रहने भएकाले संगठन बिस्तारमा लाग्न सभापति पाण्डेले सुझाव दिए । पार्टीलाई क्रियाशिलता बनाउन नेविसंघले पनि आफ्नो क्रियाशिलता बढाउन आवश्यक रहेको सभापति पाण्डेले बताए ।
नगर अधिवेसनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ्ले नेविसंघलाई सवल र अनुशासित बनाउन आवश्यक रहेको औल्याए । नेविसंघ बलियो नभएसम्म पार्टी बलियो नहुने भन्दै केन्द्रीय सदस्य गुरुङ्ले हरेक विद्यालय, क्याम्पसहरुमा पुगेर राजनीतिक प्रशिक्षणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा नवनिर्वाचित नेविसंघ वालिङ नगर समितिका सभापति बादल लामिछानेले नेविसंघ वालिङ बहुमुखी क्याम्पस इकाई समिति सगँ मिलेर नगर समितिले विद्याथीहरुलाई नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । नगरभित्रका सबै मावि र उच्च मावितहका विद्यालयमा पुगेर विद्यार्थीहरुका हकहितका काम सगै गुणस्तरीय शिक्षाका बिषयमा काम गर्ने सभापति लामिछानेले बताए ।
नेविसंघ वालिङ बहुमुखी इकाई समितिका सभापति निरज श्रेष्ठले नेविसंघ जहिले पनि नेतृत्व र व्याक्तित्व विकासका लागि खटिदै आएको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै सरकारले अब हरेक क्याम्पसमा व्यवसायीक सिप मुलक शिक्षा कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिए । नेविसंघ वालिङ नगर अधिवेसनमा नगरभित्रका युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार