माओवादी केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षको हैसियत दिए प्रचण्डले
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार १४:१९:२३
२१ पुष, काठमाडौं । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपाध्यक्षको हैसियतमा राखिएको छ । उनी बैठकमा सहभागी हुँदै आएपनि पद भने किटान भएको थिएन । धुम्बाराहीस्थित स्मार्ट दरबार व्यांक्वेटमा बैठक सुरु भएको हो । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षको लहरमा राखिएको छ । केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा छन् । पुन बस्ने ठाउँअघि उपाध्यक्षको नेमप्लेट राखिएको छ ।
यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका थिए । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ । पुस २४ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, सांगठानिक संरचनाबारे छलफल र बहस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार