लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर, २ अर्ब ४१ करोड बिगो कायम
नेपालबहस संवाददाता
पुस २१, २०८१ आइतबार १६:५४:५१
२१ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको भएपनि ५ जनाको ठेगाना नखुलेको कारण मुद्दा दायर नगरिएको हो । दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा रकम गएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम खर्च गर्ने भूमिकामा रवि लामिछानेसमेत रहेको प्रहरीको निष्कर्ष छ । उनलाई प्रतिवादी बनाएर सहकारी ठगीको मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
प्रहरीले सो सहकारीमा एक अर्ब १९ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको थियो । ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसमा ६० दिन पुगेको छ । २० गते शनिबार भएपछि आइतबार मुद्दा दायर हुन लागेको हो ।
बचतकर्ताहरूले एक अर्ब १९ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर हुन लागेको हो । करिब एक महिनाअघि पोखराबाट ल्याएर उनीहरूको प्रहरीले काठमाडौंमा बयान लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार