सुर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछानेको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गर्ने
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १०:५८:२०
२२ पुष, पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतमा जारी प्रतिवादीहरूको थुनछेक बहसमा सोमबार रवि लामिछाने पक्षका वकिलहरूले बहस गर्ने भएका छन् । रविको पक्षबाट बहस गर्न १७ जना कानुन व्यवसायी तयार भएका छन् ।
जसमा पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज बाँस्तोला लगायत १७ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।
लामिछानेविरूद्ध सुर्यदर्शन सहकारीको ३ करोड ३७ लाख ६५ हजार रकम अपचलन गरेकाले सोही बराबरको बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की अदालतमा सात जनाविरूद्ध गएको मंगलबारदेखि थुनछेक बहस भइरहेको छ । सरकारी वकिल, जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरूको बहसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए । आइतबार प्रतिवादी छबिलाल बन्जाडे जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार