जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
आबिद हुसेन
पुस २२, २०८१ सोमबार ११:२१:४६
२२ पुस, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा जारी दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो इनिङ्समा ४ रनको झिनो अग्रता हासिल गरेको छ।
आइतबार प्रारम्भ भएको खेलमा टस जितेपछि पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले १२१ रनमै आफ्नो इनिङ्स समाप्त गर्यो। आर्मीका ब्याटरहरूले निराशाजनक प्रदर्शन गर्दै ३४।४ ओभरमै सारा विकेट गुमाए। शीर्षक्रमका ब्याटर कुशल मल्ल ९२५०, भीम सार्की ९२२०, र कप्तान विनोद भण्डारी ९२१० ले केही रन जोड्न सफल भए पनि अन्य ब्याटरहरूले टोलीलाई अपेक्षित स्कोरसम्म पुर्याउन सकेनन्।
पुलिस क्लबका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै १४।४ ओभरमा ४ मेडन राख्दै ४७ रन खर्चेर ७ विकेट हात पारे। आर्मीका बसिर अहमद ९१२० र पवन कार्की ९अविजित १५० ले केही प्रयास गरे पनि टोलीले सम्मानजनक स्कोर बनाउन सकेन।
जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पुलिस क्लबले पनि कमजोर प्रदर्शन गर्यो। ओपनर कुशल भुर्तेल र अर्जुन साउद खाता नै नखोली आउट हुँदा टोली दबाबमा परेको थियो। तेस्रो नम्बरमा आएका अमित श्रेष्ठले १३ बलमा १८ रन बनाएर टोलीलाई थोरै बलियो बनाउने प्रयास गरे।
मध्यक्रमका ब्याटर गुलसन झाले ५४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ४७ रन जोड्दै इनिङ्सलाई केही स्थिरता प्रदान गरे। उनको प्रदर्शनबाहेक अन्य ब्याटरहरूले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। कप्तान आरिफ शेख ४ रनमै आउट भए भने रासिद खानले २८ बलमा १६ रन बनाए। यस क्रममा पुलिस क्लब ३३।१ ओभरमा १२५ रनमै समेटिएको थियो।
आर्मी क्लबका बलर साहब आलमले उत्कृष्ट प्रदर्शन गर्दै १५।१ ओभरमा २ मेडनसहित ५९ रन खर्चेर ८ विकेट लिए। आर्मी र पुलिस दुवै टोलीका ब्याटरहरूले सीमित ओभरको शैलीमा खेल्न खोज्दा आफ्ना विकेट सस्तोमा फालेका कारण खेल प्रतिस्पर्धात्मक बनेको छ।
जय ट्रफी नेपाली क्रिकेटको इतिहासमै प्रतिष्ठित प्रतियोगितामध्ये एक हो। २०३७ सालमा क्यानका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहको नेतृत्वमा प्रारम्भ भएको यस प्रतियोगिताले विगतमा राष्ट्रिय टोली छनोटमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यसपटक प्रतियोगितामा चार टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश—सामेल छन्।
आयोजक नेपाल क्रिकेट सङ्घ 'क्यान' ले सेतो जर्सी र रातो बलको प्रयोग गरेर नेपाली क्रिकेटको परम्परागत शैलीलाई पुनः जीवन दिन खोजेको छ। प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका युवा प्रतिभालाई उजागर गर्ने लक्ष्य लिएको छ। फाइनल खेल तीन(दिवसीय हुनेछ।
यो प्रतियोगिताले नेपाली क्रिकेटप्रति खेलाडी र दर्शक दुवैको रुचि र उत्साहलाई थप बलियो बनाएको छ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार