बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार ११:३१:५२
२२ पुस, भोजपुर । मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।
अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त मानिन्छ ।
सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइ भन्दामाथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिबद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ ।
त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसानको भनाइ छ । सतुवा अहिले प्रतिकेजी रु आठदेखि दश हजारसम्म बिक्री हुने किसानको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकेजी रु २० हजारसम्ममा बिक्री भएको भए पनि पछिल्लो समय मूल्यमा केही गिरावट आएको छ । तर पनि किसानले भने यसको खेती अझै विस्तार गरिरहेका छन् ।
यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनःपलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ ।
यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै वटासम्म ठाँड दिने गर्दछ । सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा केही गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उनको भनाइ छ ।
“किसानहरुमा सतुवाखेतीमा आकर्षण बढेको छ” उनले भने,“गाउँघरमा प्रायः धेरैले यसको खेती गरिरहेका छन् । पछिल्लो समयमा मूल्यमा केही गिरावट आए पनि अन्य बालीको तुलनामा आम्दानी राम्रो छ । आफूले खान पनि सतुवालाई लाभदायक मानिन्छ ।” विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यही राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहेको विष्टले बताए ।
सुतवा जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं– १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार