अमेरिकामा १० बर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार ११:३९:३४
२२ पुस, काठमाडौं । अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ ।
यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो । जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका छन ।
अमेरिकाको राष्ट्रिय मौसम बिभागले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाइएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम विभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।
ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिम तूफानको मुख्य कारण मानिन्छ। ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन्। ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ। तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन सुरू गर्छ ।
अहिले अमेरिकामा पनि भइरहेको हो । मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढने र हिमपात हुने जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार