रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १२:११:३५
२२ पुस, रौतहट । पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ। हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्।
आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली हात्ती एक्लै आएर पशुपती टोल गाउँमा घुमी घुमी ६ वटा घरमा क्षति गरेको स्थानीयले जनाएका छन ।
बिहान साढे दुई बजे आएको हात्तीले स्थानीय अर्जुन शाही ठकुरीको घरको बार, रामकुमार शाही ठकुरीको घरको बार भत्काएको छ भने श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा , हरेन्द्र पासवानको आँगनमा रहेको धानको भकारी फोडेर क्षती गरेको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले बताएका छन्।
बिहान साढे दुईबजे पशुपति टोल गाउँमा पुगेको हात्तीले साढे तीन घन्टासम्म घर घरमा क्षती पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्केको स्थानिय समाजसेवी कृष्ण पोखरेलले बताएका छन्। हात्ती गाउँमा हुन्जेल गाउँलेहरु डराएर आ-आफ्नो घरमा लुकेर बसेका थिए।
हात्तीले पुर्याएको क्षति बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिन देखि जंगली हात्ती रौतहटको गुजरा, फतुवा विजयपुर , चन्द्रपुर नगरपालिकाको विभिन्न वडाका साथै बाराको कोल्हवी नगरपालिका अन्तर्गतका कैयौं गाउँहरूमा क्षती पुर्याउँदै आएका छन्। जंगली हात्तीको आतंकले गाउँलेहरू त्रसित भएर नियन्त्रणको माग गरेका छन्।
चन्द्रपुर २ र ३ नम्बर वडामा पनि जंगली हात्तीले तहस नहस गरेको छ । केराबारीमा पसेर हजारौं केराको बोटमा क्षति गरे पछि स्थानिय थप आतंकित भएका छन् ।
केही महिना अघि हात्तीको आक्रमणमा परी कोल्हवी एकजना मानिसको ज्यान गएको थियो। हात्ती नियन्त्रणको लागि स्थानीयले पटक पटक आग्रह गर्दा पनि नियमनकारी निकाय मौन रहेको स्थानीयहरूले गुनासो गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार