प्रचण्डको नीतिः आलोचना गर्न दिने, केन्द्रीय सदस्यहरुलाई तीन मिनेट बढी बोल्न नदिने
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १२:५२:५२
२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठक जारी छ । आजदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुलाई बोल्ने समय दिइएको छ । दोस्रो दिनको बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेका छन भने यसपछि उनको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ । विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने चलन थियो । यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन् । उनले आलोचना गर्न पाइने बताए पनि बोल्ने समय भने तीन मिनेटको दिइएको छ । तीन मिनेटमा प्रतिवेदनको सारम्सबारे पनि भन्न नसकिने केन्द्रीय सदस्यहरुले बताएका छन् । प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन् ।
राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् । उनले बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने भनेका छन् । यसैले गर्दा बोल्ने समय कम दिइएको एक केन्द्रीय सदस्यले बताए । कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन । सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ, प्रचण्डले भनेका छन् ।
प्रचण्डले बैठकप्रति क्रान्तिकारीहरुका साथै प्रतिक्रियावादीहरुको पनि ध्यान केन्द्रित रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको बैठकमा प्रतिक्रियावादीहरुले फुट भन्ने चाहेको भएपनि त्यसप्रति पार्टी सचेत रहेको बताए । यस्तै वामशक्तिहरुले माओवादीको बैठकबाट ठुलो आसा राखेको पनि बताए । यद्यपि पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
पार्टी अनुशासनको पालनामा कडाइ गर्नु जुनसुकै तहको नेता कार्यकर्ता सदस्य भएत पनि पार्टीको विधि पद्धति र निर्णयको अनुशासनको उल्लघंन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित हिसावबले अनुशासनको कारबाही गर्नु । यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाउनु । कम्युनिस्ट पार्टीभित्रको अनुशासनलाइ मुलतः स्वेच्छिक अनुशासन भएको प्रचण्डले बताए । स्वेच्छिक अनुशासनको नाममा संगठनात्मक जीवनमा पालन गर्नुपर्ने अनुशासन उल्लंघन गर्नेले भने छुट नपाउने उनले बताए ।
पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यावयन रहेको उल्लेख गर्दै पछिल्लो समयमा यसमा समस्या देखा परेको बताए । प्रचण्डले भनेका छन्, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताको रुपमा अभिव्यक्त हुने गरेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार