समूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १३:१२:३४
२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन् । यो पटक समूहगत विभाजन गरिएको छैन् । नाम टिपाएर पालो आएपछि बोल्न पाइने नियम छ ।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आइतबार सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा लुम्बिनीका बाँकी केन्द्रीय सदस्य, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको हो ।
एक जना केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नुपर्नेछ । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो । केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महासचिव शंकर पोखरेल र प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार