भारतमा एचएमभिपी संक्रमित दुइ बिरामी फेला, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १३:१४:५७
२२ पुस, काठमाडौं । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस 'एचएमभिपी' संक्रमित दुई बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ ।
संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाई कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वास सम्बन्धी रोगहरूको निगरानी गर्न जारी प्रयासहरू भइरहेका छन ।
चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू गर्दा मौसमी परिवर्तनले देखा परेका छन् । यी भाइरसहरू एक अर्कासँग मिल्दोजुल्दो देखिएका छन्।
स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दैन। यद्दपी, बैंग्लरूमा दुई बिराम देखा परे पछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लडन आवाश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार