सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
रासस
पुस २२, २०८१ सोमबार १४:१२:५३
ढोरपाटन 'बागलुङ' । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झण्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् ।
उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।
गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदान दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, र दोरी फल्ने बारीमा अहिले लटरम्म गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन् ।
गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ । तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताइन् । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ ।
“गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारी खेती गर्ने सीप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ,” उनले भने, “अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारी खेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एक सरो लगाउन र बिहान–बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन ।”
पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रू पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताए । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरू व्यावसायिक बन्दै गएको कँडेलले बताए ।
उनले भने, “हामी किसानका लागि तालिम, प्राविधिक र बीउ नभई हुँदैन, विभिन्न सङ्घसंस्थाहरूले सहयोग गरेका छन्, व्यावसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ ।”
नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारीखेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिलाहरू बढेको बताए । फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बीउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उनको भनाइ छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपसार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार