बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १५:३७:५४
२२ पुस, काठमाडौं । शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक 'आईजीपी' पक्राउ परेका छन् ।
पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।
पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । त्यसपछि मुद्दाका अनुसन्धान अधिकृत अब्दुर रहमान भुइँयाले उनलाई पक्राउ गर्न निवेदन दिएका थिए । तर, मामुनका वकिलहरूले पक्राउको विरोध गरेका छन ।
सुनुवाइ पछि ढाका महानगरपालिका मजिस्ट्रेट मासुमा रहमानले चौधरी अब्दुल्लाह अल मामुनलाई गिरफ्तार गरेको देखाउनको लागि निवेदन स्वीकार गरेका थिए । उत्तरा पश्चिम प्रहरी थानाका जनरल रेकर्डिङ अफिसर अतिकुर रहमान खानले अदालतमा सो जानकारीको पुष्टि गरेका हुन् ।
उनले भने, ‘डिसेम्बर ३० मा चौधरी अब्दुल्ला अल मामुन, ढाका उत्तरी सहर निगमका पूर्व मेयर अतीकुल इस्लाम र वकिल रोबिनलाई यस मुद्दामा पक्राउका अनुमतिका लागि निवेदन दायर गरिएको थियो तर त्यो दिन चौधरी अब्दुल्ला अल मामुन भेटिएनन् । अदालतमा उपस्थित अन्य दुईलाई सुनुवाइपछि पक्राउ गरिएको र चौधरी अब्दुल्लाह अल मामुनको सम्बन्धमा आजको मिति तोकिएको हो ।’
सब्बीर हुसेन राजधानीको बायोबिड कम्पनीमा अफिस असिस्टेन्टका रुपमा कार्यरत थिए । विद्यार्थी आन्दोलनका क्रममा उनी गत जुलाइ १८ मा राजुक बजारको दक्षिणी भागमा रहेको उत्तरा पश्चिम प्रहरी थानाको सेक्टर ७ रवीन्द्र सरानीमा शान्तिपूर्ण विरोध जुलुसमा सामेल भएका थिए । र्यालीमा विद्यार्थी, नागरिक र विभिन्न पेशाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसबेला अवामी लिग, युवा लिग र छात्र लिगका सदस्यले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको बताइएका थिए । सो क्रममा सब्बीरको घाँटीमा गोली लागेको छ ।
लगत्तै २६ वर्षीय अबरार हनिफले उनलाई उत्तरा क्रिसेन्ट अस्पताल पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि सब्बीरका बुबाले सेप्टेम्बर १९ मा उत्तरा पश्चिम प्रहरी चौकीमा उजुरी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार