राज्य व्यवस्था बैठकमा चर्काचर्की, बोल्न रोकपछि थानीले झोक्किएर रामहरीलाई भने तपाई नै सर्वैसर्वा
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १५:४७:५१
२२ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेसकै सांसद हृदयराम थानीबीच बोल्ने समयलाई लिएर विवाद भएको छ । समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि चर्काचर्की परेको हो । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केहीबेर अवस्था असामान्य बनेको थियो ।
समितिमा सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएका थिए । थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए । सांसद थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पनि संसदीय समितिमा आईसीयूमा पुगेको भनेपछि सभापति खतिवडा बोल्न थालेका थिए । सभापति खतिवडाले उक्त विधेयक आईसीयूमा नपुगेको बताए ।
राज्य व्यवस्था समितिमा अहिलेसम्म प्राप्त उजुरी र निवेदनमाथि सोमबारको बैठकमा छलफल भएको थियो । त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस् ।’ गृहमन्त्री रमेश लेखकसमेत सहभागी बैठकमा कांग्रेस सांसद थानीले समितिमा आएका उजुरी र निवेदनमाथि छलफलको आँट गरेको उल्लेख गर्दै बोल्न सुरू गरेका थिए ।
राष्ट्रिय रूपमा चर्चित भएर आउने ठूला–ठूला मुद्दाहरू र घटनाबारे तत्काल बोलाएर छलफल गर्दा उचित होला, समितिलाई सुझाव दिँदै सांसद थानीले भने, जस्तो एनसेलको थियो, प्रधानमन्त्रीजी समितिमा आएर कुरा राख्नुभयो । अरू कुरा त हुँदै गर्ला । यस्ता चर्चित विषय उठाउनुपर्ला । सांसद थानीले राज्य व्यवस्थामा अख्तियार, विद्युत प्राधिकरण, गृहलगायत जहाँको उजुरी पनि आउने गरेको पनि बताएका थिए ।
थानीले बोल्ने क्रममा भने, ‘अख्तियारको उजुरी पनि यहीँ, विद्युत् प्राधिकरणको उजुरी पनि यहीँ, गृहको उजुरी पनि यहीँ, सारा संसारभरीको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले ?’ प्रश्न गर्दै थानीले भने, ‘विधेयक अड्किएर बसिरहेका छन् यहाँ । अँस्ती न्यायपरिषदको विधेयक पास गर्यौं, संसदमा गएर सुतेर बसेको छ । भ्रष्टाचारको पास गर्यौं त्यो पनि जाँदै होला । अख्तियारको यहीँ, म त आईसीयूमा भन्ने गरेको छु, राज्य व्यवस्थामा यहीँ आईसीयूमा सुतिराख्या छ । अरु विधेयकहरु यहीँ छरिएर बसिराख्या छन् ।’
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन स्वीकार गरेर समितिबाट विधेयक नै पास गरिसकेको छ भने सँगै आएको अख्तियार विधेयकलाई अगाडि बढाइएको छैन । सोही विषयमा थानीले प्रश्न गरेका थिए । थानीले अख्तियार विधेयकबारे बोल्न थालेसँगै सभापति खतिवडाले भने ’आज उजुरीबारे बोल्नुस्, अख्तियार विधेयक आईसीयूमा गएको छैन’ भनेका थिए । त्यसपछि थानीले बोल्न पाउनुपर्ने बताएका थिए । बोल्नका लागि समय दिएपछि आफूलाई यसअघि पनि सभापतिले बारम्बार अवरोध गर्दै आएको भनेर थानीले जवाफ फर्काएका थिए ।
एमाले सांसद राजेन्द्र राईले सभापति खतिवडालाई सांसद बोलिरहेको बेला नरोक्न भनेका थिए । त्यसपछि समिति सभापति खतिवडाले थानीलाई बोल्न भनेका थिए । तर, थानीले आफू बोलिरहेको बेला बारम्बार अवरोध हुँदै आएको भन्दै थप विषय राख्न अस्वीकार गरे । ’म पनि यो समितिको सभापति भएको मान्छे हो । त्यो कुर्सीमा बसेको मान्छे हो । यो समिति तपाईँकै रहेछ । तपाईँ नै बोल्नुस्,’ थानीले भने ।
त्यसपछि एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सभापति खतिवडाले बीचमा बोल्न नहुने र समितिलाई राम्रोसँग चलाएर जानुपर्ने बताएका थिए । सांसदले बोल्दा सभापतिले अवरोध गरेमा विषयवस्तुमा छलफल हुन नसक्ने श्रेष्ठको भनाइ थियो । सांसद राईले भने थानीको धारणामा समर्थन जनाएका थिए । अख्तियार विधेयकलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरूले असन्तुष्टि जनाएपछि रोकिएको बताइएको छ ।
थानी झन् चर्किए, ‘तपाईंलाई अधिकार छ ? सबै अधिकार तपाईंलाई छ ? जे पायो त्यही बोल्ने, कुरा काट्ने छ ?’ रामहरीले भने काटेको होइन । आईसीयूमा छ भन्नु हुन्छ । लाने हो, सहमतिमै लाने हो । तर थामीले अब नबोल्ने अडान राख्छन्, ‘म बोल्दिनँ भनेपछि अब बोल्दिनँ । भैगो बोल्नुस्, तपाईं । जति बोल्नुहुन्छ, बोल्नुस् । तपाईं नै हुनुहुन्छ सभापति । तपाईंले सबै जान्नुभाछ, तपाईं नै बोल्नुस्, म बोल्दिनँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार