सरकारले भन्यो, नेपाली भूमिमा भारतीयले भोगचलन गरेको विषयमा कूटनीतिक समाधान खोजिनेछ
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १६:१२:४२
२२ पुष, काठमाडौं । सरकारले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा ध्यानाकर्षण भएको बताएको छ । गृहमन्त्री रमेश लेखकले सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुईवटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी पनि दिए । यो विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री लेखकले बताए । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको बताए ।
कञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । म समितिलाई के जानकारी गराउन चाहन्छु भने हाम्रो भूमि, हाम्रो जमिन कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जमिन भारतीय नागरिकले भोग चलन गरिरहेको अवस्था छ । यसबारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । सरकारका आफ्ना जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्ज, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतबाट जानकारी प्राप्त भएको छ,’ गृहमन्त्री लेखकले भने ।
सीमा विवाद नरहेको ठाउँमा पनि भारतीय नागरिकले नेपाली भूमि भोग चलन गरिरहेको विषयमा सरकार कूटनीतिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री लेखकले बताए । आफ्नो भूमिको, सिमानाको रक्षा गर्नका लागि सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोग चलन गर्ने विषयमा कूटनीतिक पहलबाट समाधान गर्छौँ, लेखकले भने । कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले प्रश्न उठाएका थिए ।
उनले जाजरकोटलगायत विभिन्न स्थानमा भूकम्पीडितका साथै बाढी पहिरोपीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुननिर्माणको काम भइरहेको बताए । उनले पुननिर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलव्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारित समेत गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार