भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १७:०:३२
२२ पुष, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । सर्वोच्च अदालतले शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार कैफियत झिकाउन आदेश गरेको हो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको हो । शरणार्थी प्रकरणमा थापा गृहमन्त्री भएको बेला प्रतीकले बिचौलियाको कार्य गरेको भन्दै मुद्दा दायर गरेपछि उनी २०८१ असार १४ गते पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेका थिए । उनले आफू धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतको भदौ २ गते उनलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार