आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १७:२९:३६
२२ पुस, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो साता ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन किमि दौड तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड ९महिला तथा पुरुष० र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा हाफ म्याराथनतर्फ विजेता महिला तथा पुरुष खेलाडीले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले रु एक लाख, तेस्रोले रु ७० हजार, चौथोले रु ५० हजार तथा पाँचौ हुने खेलाडीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । दश किमि दौडमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोस्रोले रु ४० हजार, तेस्रोले रु ३० हजार, चौथोले रु २० हजार र पाँचौ हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै पाँच किमि दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले रु २० हजार, दोस्रोले रु १५ हजार, तेस्रोले रु १० हजार, चौथोले रु पाँच हजार र पाँचौ स्थान हासिल गर्ने खेलाडीले रु दुई हजार पाँच सय पाउनेछन् ।
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौ हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार