प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार २०:१२:५२
२२ पुस, काठमाडौं । प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ थापा चोकका ३८ वर्षीय सुदीप थापा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो।
उनले प्रहरीको इन्स्पेक्टर हुँ भन्दै क्यानडा, अस्ट्रेलिया लगायत देशमा पठाइदिने भनेर ठगी गरेको उजुरी परेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनका अनुसार थापाले प्रहरी निरीक्षकको बर्दी नै लगाएको फोटो खिचेर उच्चपदस्थ व्यक्तिहरूसँग सम्पर्क बढाएका थिए।
थापाले प्रहरी निरीक्षकको नक्कली परिचय पत्र समेत बनाएको भेटिएको छ। पोशाक लगाएको फोटो चार थान बरामद गरिएको आचार्यले बताए। उनको साथबाट प्रहरीले विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र नै बरामद भएको आचार्यले बताए।
थापाले के कति रकम ठगी गरेको भन्ने प्रहरीले यकिन गरिसकेको छैन। प्रहरीले थापालाई परिचय पत्र किर्ते बनाउने कार्यमा संलग्न काठमाडौं कोटेश्वर–३२ स्थित मार्सल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पक्राउ गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार