राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार २१:४९:५८
२२ पुस, काठमाडौं । राहदानी विभागले पासपोर्ट छपाइका लागि गरिएको टेण्डर कुनै एक कम्पनीलाई मात्रै हुने गरी प्रकाशन गरेकोमा आवेदक कम्पनीहरूले प्रश्न खडा गरेका छन् । विभागले प्रकाशन गरेको टेण्डरको समय सीमामा उनीहरुले प्रश्न खडा गरेपछि एक महिनालाई म्याद समेत बढाएको छ । राहदानी विभागले आह्वान गरेको टेण्डरमा विवाद बढेसँगै फेब्रुअरी ११ सम्म आवेदन दिन सक्ने गरी समय संशोधन भएको हो ।
त्यतिमात्र होइन सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘मिलेमतो’मा टेन्डर आह्वान गरिएको भन्दै उजुरी परेका छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा कुनै निश्चित कम्पनीलाई टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको भन्दै ५ उजुरी परिसकेका छन् । करिब १५ वर्षदेखि नेपाली पासपोर्ट छपाइमा राज गरिरहेको फ्रान्सेली कम्पनी आइडिमियालाई नै टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको उजुरीकर्ताको आरोप छ ।
राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो । तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ । विवाद र उजुरीको शृंखलापछि सार्वजनिक खरिद अनुगमन कार्यालयले गुनासो सम्बोधन गर्न विभागलाई पत्र काटेको छ । ‘यस कार्यालयले जारी गरेको नमुना बोलपत्रसम्बन्धी कागजातको प्रावधानहरूको पूर्ण पालना हुने गरी गुनासो सम्बोधन गर्नुहुन र ३ दिनभित्र जानकारी दिनुहुन्न निर्देशअनुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई भनेको छ ।
राहदानी विभागका कर्मचारीले हाल ई–पासपोर्ट छपाइ गरिरहेको कम्पनीको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेका थिए । पासपोर्ट छपाइको काम गरिरहेको आइडेमियाले अहिले फेरि करिब १२ अर्बको ठेक्का हत्याउन विभागलाई प्रभावमा पारेको भन्दै उजुरी कर्ताहरुले टेण्डरमा सहभागी हुन नै आनाकानी गरिरहेका छन् । १२ जनवरीसम्म आवेदन दिने व्यवस्था रहेकोमा अहिले एक हप्ता बाँकी रहँदा बोलपत्र संशोधन गरेको छ ।
राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेको थियो । तर त्यसमा फ्रान्सेली कम्पनी आइडेमियालाई सहज हुने गरी सर्त राखिएको भन्दै विवाद भइरहेको छ । इन्जिनियर सुभाष कुमार खड्काले खरिद अनुगमन कार्यालयले काटेका पत्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेका पत्र पठाइएको उल्लेख गर्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार