हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार ७:१:६
२३ पुस, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।
प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । “हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्”, उनले भने, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।”
नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (रु ४१ हजार चार सय)मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् ।
कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम)मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार