नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार ९:१७:११
२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हिजो ६४ जना केन्द्रीय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ– आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’का कारण कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन । कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक विकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन ।
सरकारमा नहुँदा ३.९ प्रतिशतको आर्थिक वृद्धिदरमा सीमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिवेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार